राधेश्याम साह–––––––––––––––
गौर, २९ भदौ ।
नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर पार्टी महिला सञ्जाल रौतहटका पुर्व अध्यक्ष गिता देवि महतोद्वारा आयोजित दर खुवाउने र तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
तिजको अवसरमा आयोजित कार्यक्रममा महिलाहरुले नेपाली तीजका गीतहरुमा मनोरन्जन लिदै नाचगान गरेका थिए भने स्थानीय कलाकारहरुले नृत्य, गायन तथा अन्य प्रस्तुती गरेको बताइएको छ ।
गौर नगरपालिकाको प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रौतहट क्षेत्र नं १ को प्रदेश सभा सदस्य एवं नेकपा (एस)की नेत्री मा.किशोरि देवि, गौर नगरपालिकाको उप मेयर सैल देवि साह, राजदेवी नगरपालिकाको उप मेयर राज कुमारी देवी, नेपाली कांग्रेसको महिला संघका जिल्ला सभापति एवं ईशनाथ नगरपालिकाको मेयर प्रत्यासी नेत्री अन्जु झा , गौर नगरपालिका वडा नं ५ को वडा अध्यक्ष शिवशंकर कुशवाहा लगायत बिभिन्न पार्टीको नेत्री तथा नेताहरुको उपस्थित रहेको थियो ।
Facebook Comments Box