राधेश्याम साह–––––––––––––––
गौर, २९ भदौ ।
नविकरण तथा क्रियाशील पक्रकारहरुको सदस्यता नगरेको विरुद्धमा त्रियाशील पक्रकार संघर्ष समितिले आन्दोलनको घोषना गरेको छ ।
नविकरण तथा त्रियाशील पत्रकारहरुको सदस्यता नगरेको भन्दै संघर्ष समितिले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाइ ज्ञापनपत्र बुझाउदै आन्दोलनको घोषना गरेका हुन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यसमितिको पदाधिकारीहरुले महासंघको विधान विपरित नविकरण तथा क्रियाशील पत्रकारहरुको सदस्यता प्रदान नगरेको संघर्ष समितिले आरोप लगाएका छन ।
नेपाली पत्रकारिताको प्रबर्द्धन तथा श्रमजीवी पक्रकारको अधिकार सुनिश्चित गर्न सत्रिय भुमिका निर्वाह गर्नु पर्ने र संगठनलाई मजबुत बनाउने जिम्मेवारी पाएका नेपाल पत्रकार महासंघले आफू अनकुलको सदस्यता तथा नविकरणमा मनोपोली गरेको कार्य कति उपयुक्त रहेको हो ? भन्ने ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
महासंघ रौतहट शाखाले गरेको सिफारिस जातिय विभेदकारी रुपले गरेको भन्दै कृयाशिल पत्रकार एवं संघर्ष समितिका संयोजक तथा पुर्व नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले प्रजिअलाई ज्ञापनपत्र बुझाएका छन् ।
नयाँ सदस्यता तथा नविकरण कार्यान्वयन नगरिएको भन्दै कृयाशिल पत्रकारद्वारा चरणबद्व आन्दोलन गर्ने संघर्ष समितिका संयोजक साहले चेतावनी दिंदै नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुन्दे मापदण्ड अनुसार नेपाल पत्रकार महासंघको विधान संशोधन संगै निर्णय पालना हुनु पर्छ भन्ने रौतहटका कृयाशिल पत्रकारहरुको ठहर छ ।
कृयाशिल पक्रकारहरुले चरणबद्ध आन्दोलन अन्तरगत शुत्रवार ज्ञापनपत्र बुझाएका छन भने असोज १ गते पुनः तालाबन्दी गर्ने, २ गते रिले अनशन बस्ने ,३ गते कालोपट्टी बधेर प्रदर्शन गर्ने , ४ गते रौतहट शाखा पदाधिकारीको फोटो सहित पुतला दहन गर्ने ,५ गते सदरमुकाम गौर भरी प्रदर्शन गर्ने ,६ गते रौतहट शाखाको पदाधिकारीद्वारा भएको रकमी चलखेलको भण्डाफोर गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक साहले जानकारी दिएका छन् ।
क्रियाशील पत्रकार संघर्षद्वारा आन्दोलन घोषणा
Facebook Comments Box