सहारा दैनिक

spot_img
Homeदेशमधेशराजस्व अनुसन्धानको छापामारी अभियानः अवैध कारोवारी संगै उद्योगी व्यवसायी पनि त्रसित

राजस्व अनुसन्धानको छापामारी अभियानः अवैध कारोवारी संगै उद्योगी व्यवसायी पनि त्रसित

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ भदौ ।
राजस्व अनुसन्धान विभागबाट संचालन गरिएको अनुगमन एवं छापामारी अभियानबाट अवैध कारोवारी संगै उद्योगी व्यवसायीहरुमा त्रास उत्पन्न गरेको छ ।
मुलुकको धाराशायी अर्थतन्त्र र पछिल्लो केही घट्ना क्रमले राजस्व चुहावट चरम उत्कर्षमा पुगेको अवस्थामा एका तिर भन्सार विभागले छानविन समिति गठन गरेको छ भने राजस्व अनुसन्धान विभागले अनुगमन एवं छापामारी अभियानलाई तिव्रता दिएको हो ।
राजस्व अनुसन्धानले पछिल्लो समय विभिन्न घट्ना क्रमको अनुसन्धान तथा सुचनाको आधारमा पर्सा र बारा जिल्ला अन्तरगत विभिन्न औद्योगी व्यवसायीहरुको प्रतिस्ठानमा छापामारी गरी कागज पत्रहरु नियन्त्रणमा लिएर हाजिर हुन बोलाएका छन ।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने उदेस्यले सुचनाको आधारमा बेला बखतमा यस्ता अभियान संचालन गर्दै आएको छ भने पर्सा र बारा जिल्लाका सिमानाकाबाट अवैध रुपमा र भन्सार कार्यालय परिसरलाई नै प्रयोग गरी मुल्यांकन तथा अदत गलत घोषणा गरी भित्रिने गरेका मार्वल, टायल्स्, पानी तान्ने मोटर, हावा भर्ने मेसिन लगायत विभिन्न मेसिनरी सहित अन्य समाग्रीहरुका साथै कपडा, हार्डवेयर पार्टस्, किराना समाग्री जस्तै जिरा, काजु, किसमिस, छोहडा लगायत ओसार पोसार गर्ने मालबाहक सवारी साधन सुरक्षा निकायले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरेका छन ।
राजस्व अनुसन्धानले यी नै आधारमा अनुसन्धानको क्रममा व्यवसायीक प्रतिष्ठानमा छापामारी गर्ने गरेको राजस्व अनुसन्धान कार्यालय पथलैया श्रोतले जनाएको छ ।
यता राजस्व अनुसन्धान विभागले सुक्षम अनुसन्धानको क्रममा संचालन गरेको छापामारी अभियानलाई रोक्न वीरगंज उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती मार्फत गरेको माग प्रति कतिपय उद्योगी व्यवसायीहरु नै आपत्ति जनाएका छन ।


उद्योग वाणिज्य संघको प्रेस विज्ञप्ती प्रति टिप्पणी गर्दै उद्योगी निरञ्जन अग्रवाल भन्नु हुन्छ– साना तथा मझौला अर्थात वीउवा संघका पुर्व तथा वर्तमान पदाधिकारी बाहेकका अद्योगिक व्यवसायीक प्रतिष्ठानमा कुनै त्रुटी नभए पनि प्रहरी र राजस्व अनुसन्धानबाट प्रताडित गर्दा चाही नबोल्ने अहिले आफु माथी परे पछि जस्तो सुकै अवैध कारोवारीलाई संरक्षण गर्न संघ अगाडि आउनु दुरभाग्य पुर्ण छ ।
मुलुकको अर्थतन्त्र धाराशायी अवस्थामा रहेको बेला राजस्व चुहावटको घट्ना पनि सुनिनुले राजस्व अनुसन्धानको अनुगमन जायज नै भए पनि राज्यले उद्योगी व्यवसायी मैत्रि निति अवलम्बन गर्नु पर्नेमा दुईमत छैन भन्दै अग्रवाल भन्नु हुन्छ– नियम कानुन सबैका लागी बराबर हुनु पर्छ ।
राजस्व अनुसन्धान विभागको टोलीले पछिल्लो केही दिन भित्रै पर्सा र बारा जिल्लाका दर्जनौ व्यवसायीक प्रतिष्ठानमा छापामारी गरी कागज पत्रहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
छापामारी कै क्रममा राजस्व अनुसन्धानको टोलीले वीरगंज स्थित टायलस्, मार्वल, ग्रेनाइड, पानी तान्ने मोटर लगायत विभिन्न मेसिनरी समाग्रीका आयातकर्ता गणेश ट्रेडि· सेन्टर र जि.टि.सि. ओभरसिजमा छापामारी गरे पछि वीरगंज उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गरी छापामारीको विरोध गरेको छ ।
टायलस्, मार्वल, ग्रेनाइड, पानी तान्ने मोटर लगायत विभिन्न मेसिनरी समाग्री आयातका क्रममा मुल्यांकन र तौल घटाएर जांच पास गराउने गरेको सुचनाको आधारमा गणेश ट्रेडि· सेन्टर र जि.टि.सि. ओभरसिजमा छपामारी गरेको राजस्व श्रोतबाट बुझिन आएको छ ।
यस सम्बन्धमा गणेश ट्रेडि· सेन्टर र जि.टि.सि. ओभरसिजका संचालन रहेका वीउवा संघका पुर्व अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पुर्व अध्यक्ष गणेश लाठले राजस्व अनुसन्धानको गतिविधिका कारण उद्योगी व्यवसायी त्रासमा रहेको बताउनु हुन्छ ।
राष्ट्रिय सहाराको जिज्ञासामा उहाले मुल्यांकन कमवेस भन्सार कार्यालयको नितिकै कारण हुने गरेको बताउदै बजारमा रु. ६ हजार सम्ममा खरिद गर्न पाइने पानी तान्ने मोटरको विलिंग भने रु. १ हजार ५ सय मात्र हुने कुरा पनि उहाले भन्सार कै कारणले हुने गरेको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -