सहारा दैनिक

spot_img
Homeदेशमधेशवार्ता पछि बाल सुधारगृहको स्थिती समान्य

वार्ता पछि बाल सुधारगृहको स्थिती समान्य

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ भदौ ।
वीरगंज बाल सुधारगृहमा उत्पन्न तनावको स्थिती बुधवार दिउसोबाट नियन्त्रण भएको छ ।
संचारकर्मीको पहलमा स्थानीय प्रसाशन र बाल कैदीबन्दीहरु विच वार्ता भए पछि स्थिती नियन्त्रणमा आएको हो ।
मंगलवार सांझ देखि बाल सुधारगृहमा बाल कैदीबन्दीहरु विच सुरु भएको विवादले उग्र रुप लिंदा भएको झडपमा ११ जना कैदीबन्दी र ३ जना प्रहरी घाइते समेत भएका थिए ।
भक्तपुर स्थित बाल सुधार केन्द्रबाट ल्याइएका १८ जना बाल कैदीबन्दीहरुले वीरगंज विर्ता स्थित रहेको बाल सुधारगृहका नाइकेलाई कुटपिट गरे पछि उत्पन्न विवादले उग्ररुप लिंदा झडपमा परिवर्तण भएको थियो ।
झडपका क्रममा भक्तपुरबाट ल्याइएका मध्ये १० जना कैदी र चौकीदार घाइते भएका छन भने झडपलाई नियन्त्रणमा लिन पुगेका प्रहरी माथी कैदीबन्दीहरुले ढु·ा मुढा गर्दा ३ जना प्रहरी पनि घाइते भएको बाल सुधारगृहले जनाएको छ ।
मंगलवार सांझ देखी बाल सुधारगृह भित्र उत्पन्न तनावको स्थिती बुधवार दिउसो २ बजे संचारकर्मीहरुको पहलमा वार्ता सुरु भए पछि स्थिती साम्य भएको बताइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, वीरगंज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख सावित्री भण्डारी विच पत्रकार र मानवअधिकारकर्मीहरूको रोहवरमा बाल कैदीहरु संग भएको वार्ता पश्चात स्थिती पुर्ण रुपले नियन्क्रणमा आएको जनाइएको छ ।
वार्ताका त्रममा भक्तपुरबाट ल्याइएका बालकैदीहरू मध्ये केहीलाई अन्यत्र सारिने, कानुनले उपलब्ध गराएको सम्पूर्ण सुविधाको ग्यारेर्न्टी, खानाको मात्रा पर्याप्त र गुणस्तरीय बनाउन, बस्ने कोठाको राम्रो व्यवस्था गर्न, सुरक्षाका लागि खटिएका प्रहरीबाट कुनै किसिमको बल प्रयोग नगर्न, निःशुल्क औषधी उपचारको व्यवस्थापन गर्न, पठनपाठनको व्यवस्थापन गर्न, बिजुली र सफा खानेपानीको व्यवस्थापन गर्नलगायत सम्बन्धमा कैदीबन्दीहरुले अगाडी सारेको माग बारे छलफल भएको हो ।
छलफलका क्रममा बालकैदीहरूले अगाडी सारेको मागलाई सम्बोधन गर्न पर्साका प्रजिअ रेग्मीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे पछि स्थिती समान्य भएको छ भने सुधारगृह बाहिर परिचालन गरिएको सुरक्षाकर्मीहरु फिर्ता पठाइएको छ ।
मंगलवार राती देखी बाल कैदीहरुले सृजना गरेको तनावका क्रममा भएको तोडफोडबाट बाल सुधारगृहमा व्यापक क्षती भएको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -