काठमाडौँ, २२ भदौ (रासस)
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राखि व्यक्तिगत र सामूहिक ढ·ले कार्यसम्पादन जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।
सैनिक मुख्यालय ज·ी अड्डामा भएको दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले अनुशासन तथा जवाफदेहिताको महत्त्वलाई बुझेर प्राप्त सबै जिम्मेवारी गुणस्तरीय ढ·ले निर्धारित समयमा पूरा गर्न सुझाव दिनुभयो ।
प्रधानसेनापति शर्माले भन्नुभयो, “आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ, बैठकमा भएका छलफललाई तल्लो दर्जा र एकाइसम्म प्रभावकारी ढ·ले कार्यान्वयनमा लैजानुस् ।” उहाँले बैठकबाट समग्र देशको परिस्थितिलाई बुझेर आइपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायत प्रधान सेनापति समक्ष गर्नु भएको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकमा उल्लेख भएका विषयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिको सहभागिता रहेको बैठकमा प्रस्तुत विषय र छलफलबाट नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न सहयोग पुग्ने सेनाले विश्वास लिएको छ ।