सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंज महानगरद्वारा थप दुई शैक्षिक संस्थामा सिलबन्दी

वीरगंज महानगरद्वारा थप दुई शैक्षिक संस्थामा सिलबन्दी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ भदौ ।
वीरगंज महानगरले मंगलवार दुई वटा शैक्षिक संस्थामा सिलबन्दी गरेको छ ।
महानगर अन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १५ स्थित युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत अन्य वडामा युनिभर्सल प्लस टु कलेज चलाएको पाए पछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताउनु भयो ।
यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाए पछि सिल गरिएको हो ।
नियमन समितिले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको छ । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको यादवले जानकारी दिनु भयो ।
वीरगंज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको भेटिएको उहाले बताउनु भयो ।
यसअघि महानगरले सोमबार वीरगंज १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूर्ण कलेज, वीरगंज ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो । त्यसै गरी महानगरले गत बुधवार वीरगंज ११ स्थित इम्पेरियल कलेज र वीरगंज १३ स्थित वीरगंज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो ।
अनुगमन टोलीमा मेयर राजेशमान सिंहका सल्लाहकार अभिषेक तिवारी, शैक्षिक प्रशासन महाशाखाकाकी अधिकृत सिर्जना बुढाथोकी, मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -