सहारा दैनिक

spot_img
Homeसमाचारवर्तमान संविधानमाथि नै खतरा छ–संयोजक सिटौला

वर्तमान संविधानमाथि नै खतरा छ–संयोजक सिटौला

धनुषा, १६ भदौ (रासस)
नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताउनुभएको छ ।
आज जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उहाँले बताउनुभयो ।


नेता सिटौलाले अहिलेसम्म ती प्रदेशमा भएको कार्यक्रममा आएका गुनासो र तर्कका आधारमा संविधानप्रति जनताको वितृष्णा फैलिँदै गएको बताउनुभयो । संविधान कार्यान्वयनका लागि बन्नुपर्ने मुख्य कानुनसमेत बन्न नसक्दा प्रदेश सरकार अधिकारविहीन भएर काम गर्न नसकेपछि निरीहजस्तै हुँदा जनतामा प्रदेश सरकारमात्र नभई संविधान नै उचित नरहेको भ्रम पर्न थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले संविधान निर्माण र घोषणाको नेतृत्व पार्टीले गरेको र मस्यौदाको संयोजकको जिम्मेवारीसमेत सम्हालेको हैसियतले संविधान बचाउने पहिलो दायित्व सिटौलाको भएकाले त्यसका लागि अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा मधेससहित देशभरिकै पार्टीका जिल्ला सभापति, संघीय र प्रदेशसभा सदस्य, नेविसंघ, महिला संघका जिल्ला तथा प्रदेशका अगुवाको उपस्थिति थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -