सहारा दैनिक

spot_img
Homeदेशमधेशमकवानपुर प्रहरीद्वारा ठुलो परिमाणमा अवैध कपडा र रम बरामद

मकवानपुर प्रहरीद्वारा ठुलो परिमाणमा अवैध कपडा र रम बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ भदौ ।
ठुलो परिमाणमा अवैध कपडा र भारतीय रम (रक्सी) मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतका रातोमाटे प्रहरी चौकीले बिहिवार नियन्त्रणमा लिइएको भारतीय ग्ए(ठछब्त्(डटघद्द नम्बरको मालबाहक ट्रकबाट ठुलो परिमाणमा अवैध कपडा र भारतीय रम (रक्सी) बरामद भएको हो ।
सुचनाको आधारमा प्रहरीले चेकजा“च गर्ने क्रममा सुनसरी जिल्लाको नाकाबाट नेपाल भित्रिएको भारतीय मालबाहक ट्रक राजधानी काठमाण्डौं तर्फ जांदै गरेको अवस्थामा रोकेर चेकजा“च गर्दा कागज पत्र नभए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


नियन्त्रणमा लिएको ट्रक सहित मालसामानहरु थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रका मकवानपुरका प्रमुख प्रउ सिताराम रिजाल बताउनु भयो ।
उहाले अहिले ट्रकमा रहेको कपडा र भारतीय सेनाले सेवन गर्ने रम (रक्सी) के कती अदत रहेको छ भन्ने यकिन गर्न राजस्व अनुसन्धान कार्यालय पथलैयामा हाम्रो प्रतिनिधिको रोहबरमा गिन्ती गर्ने कार्य भइ रहेको बताउनु भयो ।


यस सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुचना अधिकारी नारायण खत्रिले प्रारम्भिक अनुसन्धान अनुसार ट्रकमा एक करोड भन्दा बढिको मालसामान रहेको बताउनु भयो ।
उहाले अहिले यकिन अदत र मुल्य निर्धारण भइ नसकेको बताउदै भोली सम्म मात्र पुर्ण विवरण दिन सकिने बताउनु भयो ।
उहाले झुम्टिगुम्टा घोषणा गरेर महंगो मुल्यका कपडा र रम भित्रियाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -