सहारा दैनिक

spot_img
Homeदेशमधेशवेवारिसे अवस्थामा महिलाको सव फेला

वेवारिसे अवस्थामा महिलाको सव फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ भदौ ।
वेवारिसे अवस्थामा एक महिलाको सव फेला परेको छ ।
पर्सा जिल्ला जिराभवानी गाउपालिका वडा नं.४ स्थित वीरगंज–ठोरी हुलाकी सडक खण्ड ईमृती खोलाको पुल छेउमा महिलाको सव फेला परेको हो ।
सुचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेतको अनुसन्धान अधिकृत टोली पुगेर हेर्दा टाउको नभएको खोलाले बगाउदै ल्याएको सड्न गल्न शुरू भएको अं.२२÷२५ वर्षकी देखिने महिलाको सव फेला परेको हो ।
चार फिट साढे सात इन्ची लम्बाइ रहेकी मृतक महिलाले फिका हरियो रंगको कुर्था, क्रिम रंगको हरियो रंगको सुरुवाल लगाएको र देब्रे खुट्टामा रातो हरियो र पहेलो रंगको मोटो धागो बांधेको अवस्थामा फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -