सहारा दैनिक

spot_img
Homeदेशमधेशगृहमन्त्रीलाई कालो झण्डा देखाउने युवाहरु पक्राउ पछि रिहा

गृहमन्त्रीलाई कालो झण्डा देखाउने युवाहरु पक्राउ पछि रिहा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० भदौ ।
उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको राजिनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका युवाहरू रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आउनु भएका गृहमन्त्री श्रेष्ठ विरुद्ध गौहत्यारालाई कारबाही नगरेको भन्दै नाराबाजी गर्दै राजिनामा माग गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका युवाहरुलाई आइतवार अपरान्ह छाडेको हो ।
सुन्सरीको धरानमा सार्वजनिक रूपमै गौहत्या गर्दा समेत कुनै कारबाही नगरेको भन्दै कालो झन्डा र प्लेकार्ड बोकेका युवाहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
गृहमन्त्री श्रेष्ठ जिल्ला प्रशासन कार्यालय पर्साको भवन उद्घाटन गर्न पुगे पछि युवाहरूले “गौहत्या गर्नेहरूलाई फांसी दे”, “गृहमन्त्री मुर्दावाद”, “गृहमन्त्री राजीनामा दे” लगायत नाराहरू लगाउदै विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनमा उत्रिएका युवाहरु विसाल कुमार, मुन्ना कुमार साह, प्रज्वल डंगोल, राज गुप्ता र दिपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेका थिए ।
प्रहरी नियन्त्रबाट छुटे पछि प्रदर्शनकारी युवाहरुलाई फुल माला सहित स्वागत गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -