सहारा दैनिक

spot_img
Homeदेशमधेशमहिलालाई आत्मनिर्भर बनाउने काम भइरहेको छ–मेयर सिंह

महिलालाई आत्मनिर्भर बनाउने काम भइरहेको छ–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ भदौ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
उमन स्किल सेन्टरको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
उहाले स्किल सेन्टरले गरिरहेको कामको सह्राना गर्दै स्किल सेन्टरसंग हातेमालो गर्दै वीरगंजका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न तयार रहेको बताउनु भयो ।
मेयर सिंहले महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस संगै हातेमालो गरेर काम गरौं भन्दै नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौं, त्यसका लागि महानगर लगानी गर्न तयार छ भन्नु भयो ।
सो अवसरमा मेयर सिंहले फरक प्रसंगमा वीरगंजमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम नर्ग नदिने षड्यन्त्रमा लागेको बताउदै कसैले केही भनेको भरमा आफूहरुको वीरगंज बनाउने काम गर्ने रफ्तार नरोकिने पनि बताउनु भयो ।
कार्यक्रममा स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको छ ।
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध गुप्ता, उद्योगी अशोक टेमानी, फोरजिआरकी नुतन सरावगी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -