सहारा दैनिक

spot_img
Homeसमाचारभारतबाट १ सय बढिको सामान ल्याउदा भन्सार तिर्नुपर्ने नियम हटाउन माग

भारतबाट १ सय बढिको सामान ल्याउदा भन्सार तिर्नुपर्ने नियम हटाउन माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ भदौ ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट रु. १ सय भन्दा बढी मूल्यको सामान ल्याउदा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका प्रमुख सचेतक यादवले त्यसलाई परिमार्जन गर्नुपर्ने बताउनु भयो ।
उहाले यो नियमले नाकामा प्रहरी र नागरिक बिच सधै झगडा भइरहेको छ । सीमा क्षेत्रका नागरिकले भान्सा खर्चका लागि पारीको बजारबाट दाल, तेल, मसला ल्याउदा भन्सार नाकामा प्रहरीले दुःख दिने गरिरहेका छन् । जुन एकदमै अव्यवहारिक छ । त्यसका कारण सरकारले यो निर्णय तत्काल सच्याउनुपर्छ भन्नु भयो ।
नेपाल र भारत बिचको सीमा नाका व्यवपारिक मार्ग नभई दुई देशबिच रोटी बेटीको, पारिवारिक र घरायसी सम्बन्धपनि रहेकाले सरकारले लगाएको यो नियम तत्काल सच्याउनु पर्ने माग उहाले गर्नु भयो ।
हवाई मार्ग भएर आउनेहरूका लागि २ वा ३ लाखको मोबाइल र ल्यापटपमा समेत कर नलगाउने तर स्थलमार्गबाट १ सयभन्दा बढी मूल्यको सामानमा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको उनको भनाइ छ ।
सांसद यादवले हवाई मार्गभन्दा स्थल मार्गको नाका कडाइ गरिएको भन्दै यसलाई व्यवहारिक रुपमा परिमार्जन गर्नुपर्ने बताउनु भयो ।
हवाईमार्ग भएर आउने नेपालीले २ लाख, ३ लाखको मोबाइल सहजै ल्याउन सक्छन् । तर स्थलमार्गबाट १ सयभन्दा महंगो सामान ल्याउदा कर लगाइन्छ । किन यस्तो विभेद् ? यसले सीमा क्षेत्रम समस्या निम्त्याएको उहाले बताउनु भयो ।
भन्सारमा आयात कडाइ गरिदा स्थानीय स्तरमा झगडा लगायत समस्या उत्पन्न हुने गरेको भन्दै उहाले सीमा क्षेत्रका बासिन्दालाई हरेक दिन सीमापार गरी भारत आउजाउ गरिरहनुपर्ने भएको स्मरण गराउदै सीमा कडाइको सवालमा व्यवहारिक बन्नुपर्नेमा जोड दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -