सहारा दैनिक

spot_img
Homeदेशमधेशबैभव बीरगंजको अभियानलाई साकार तुल्याउनः सुरक्षित वीरगंज बनाउनु पर्छ–मेयर सिंह

बैभव बीरगंजको अभियानलाई साकार तुल्याउनः सुरक्षित वीरगंज बनाउनु पर्छ–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ साउन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बैभव बीरगंजको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगंज बनाउनु पर्ने बताउनु भएको छ ।
बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिवी क्यामरा राडर मोनिटरी· सिस्टमको उद्घाटन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
उहाले अत्याधुनिक क्यामराको जडानसंगै अब वीरगंजको सुरक्षामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै मेयर सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई संगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढिरहेको बताउनु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुपमा जडान गरिएको अत्याधुनिक सिसिटिवी क्यामराको मोनिटरि· सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो ।
वीरगंज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो ।
सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो ।
वीरगंज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -