सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ साउन ।
पर्सा प्रहरीले परीक्षा अमर्यादित बनाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगंज स्थित त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय विर्तामा जारी द्यद्यक् दोस्रो वर्षको परीक्षाका क्रममा अमर्यादित बनाउन खोज्ने दुई जनालाई पक्राउ गरेको हो ।
सूचनाको आधारमा प्र.नि.विदुर प्रसाद सिवाकोटीको कमाण्डमा खटिएको टोलीले गोप्यरूपमा निग्रानी गर्दा पर्सा जिल्ला कालिकामाई गाउपालिका वडा नं. १ निवासी मोहन प्रसाद यादव संकास्पद तरिकाले फायल बोकेर परीक्षा केन्द्र भित्र कम्प्युटर कक्षमा प्रवेश गरी उक्त फायल त्रिजुद्ध महाविर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुख विनोद कुमार स्वर्णकारलाई दिए पछि खानतलासी गर्दा स्वर्णकारको साथबाट फाईल खोलेर हेर्दा त्ग् को क्थmदय िल्गmदभच ७००१५१८८७ द्यद्यक् द्दलम को भअयलयmष्अक विषयको आठ पानाको उत्तरपुस्तिका फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उत्तरपुस्तिका फेला परे पछि यादव र स्वर्णकारलाई नियन्त्रणमा लिइ शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित सिम्बल नं.को परीक्षार्थी पक्राउ परेका मोहन प्रसाद यादवको जेठो छोराको श्रीमती ( छोरा बुहारी ) विमा कुमारी यादव भएको समेत जिप्रकाले जनाएको छ ।
Facebook Comments Box