राधेश्याम साह–––––––––––––––
गौर, ३० साउन ।
संघीय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै शिक्षकसघद्वारा गौरमा विरोध प्रदर्शन गरेका छन ।
संघीय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापन पत्र बुझाएका छन् ।
रौतहट जिल्लामा रहेका स्थायी, अस्थायी, राहत, साविक उच्च मावि शिक्षक, विशेष शिक्षक, करार, बालविकास तथा कार्यालय कर्मचारीहरु नेपाल शिक्षक महासंघको ब्यानर मुनी विरोध प्रदर्शन गर्दै मंगलवार गौर नगरपालिका परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गौरमा ज्ञापन पत्र बुझाएका हुन ।
संघीयता कार्यान्वयन पछि नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच विभिन्न मितिमा भएको ३१ र ५१ बुंदे सम्झौता विपरित हाल नेपाल सरकारद्वारा शिक्षा क्षेत्रलाई धारासायी बनाउन संघीय शिक्षा ऐन २०८० ल्याएर मुलुकको शिक्षालाई धरापमा पारेका े आरोप लगाउदै नेपाल शिक्षक महासंघ देशभरी संघर्षमा उत्रिएका छन् ।
सरकारले मन्त्रीपरिषदबाट पारित गरेको शिक्षा ऐनलाई शिक्षक महासंघ संग आबद्ध रहेका संघसंस्थाहरु संग छलफल गरी सर्वस्वीकार्य हुने खालको संघीय शिक्षा ऐन २०८० जारी गर्न तथा नेपाल शिक्षक महासंघ र नेपाल सरकार संग विभिन्न समयमा भएको सम्झौता लागु गर्न ज्ञापन पत्र मार्फतबाट सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रस्तुत माग सम्बोधन नभए चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने पनि ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।
ज्ञापन पत्र बुझाउन पुगेका टोलीमा सहभागी प्रधानध्यापक प्रभु पटेलले शिक्षा क्षेत्रलाई समाप्त पार्न यो शिक्षा ऐन आएको आरोप लगाउनु भयो ।
स्थानीय तहलाई शिक्षक नियुक्ति देखि लिएर खारेजी सम्मको अधिकार प्रत्योजन गरेर शिक्षा क्षेत्रको मूल्य र मान्यतालाई तहसनहस बनाएको उहाले बताउनु भयो ।
स्थानीय तहमा खरिदार सहरका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने परम्परा भएको देशमा शिक्षाको सम्पूर्ण सर्वाधिकार स्थानीय तहलाई दिएर शिक्षा क्षेत्रलाई धरासायी बनाई मुलुकलाई मुर्खहरुको देश बनाउने अभियान संघीय सरकारबाट भएको आरोप पनि शिक्षकहरुले लगाएका छन ।
शिक्षक संघका अध्यक्ष रामकृपाल यादव, संघीय शिक्षक फोरम नेपालका कामेश्वर यादव, प्रदेशिक नेपाल शिक्षक संगठनका धर्मेन्द्र सिंह, राष्ट्रिय शिक्षक मञ्चका जयानन्द ठाकुर, नेपाल राष्ट्रिय शिक्षक संगठनका अनिल निधि लगायतका शिक्षकहरुको सहभागितामा विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाइएको राष्ट्रिय शिक्षक मञ्चका जयानन्द ठाकुरले जानकारी दिनु भयो ।
Facebook Comments Box