सहारा दैनिक

spot_img
Homeदेशमधेशदुई ट्रक नियन्त्रण

दुई ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ साउन ।
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको दुई ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट दुई ट्रक नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार ना.३ ख ३१९९ र ना.६ ख ७१ नम्बरको मालवाहक ट्रकहरूलाई रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहित खुद्रा तथा हार्डवेयरका सामानहरूको अ.मु.रू ८४ लाख ९९ हजार ६ सय ५२ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -