सहारा दैनिक

spot_img
Homeदेशमधेशपर्सा जिल्लालाई सुख्खा ग्रस्त घोषणा गर्न जनमतको माग

पर्सा जिल्लालाई सुख्खा ग्रस्त घोषणा गर्न जनमतको माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ साउन ।
पर्सा जिल्लालाई सुख्खा ग्रस्त जिल्ला घोषणा गर्न जनमत पार्टी पर्साको माग गरेको छ ।
जनमत पार्टी पर्साले जिल्ला प्रशासन कार्यालय पर्सालाई ध्यानाकर्षण पत्र बुझाउदै सुख्खा ग्रस्त जिल्ला घोषणा गर्न माग गरेको हो ।
जनमत पार्टीका पर्सा इचार्ज माधव सिंह र संयोजक ओम प्रकाश सर्राफको नेतृत्वमा पुगेका टोलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्रमा यस वर्ष समय अनुकुल पर्याप्त वर्षा नभएको कारण पर्साको अधिकान्स धानखेती रोपाइ हुन नसकेको र सिचाइ परियोजनाहरुले पनि सिचाइको लागी पानी समयमा चाहिएको अनुपातमा उपलब्ध गराउन नसकेको अवस्थामा किसानहरु मर्का÷ पीडा र चिन्तामा परेको उल्लेख छ ।
सिचाइको समस्याले ग्रसित किसानलाई मल,खादको अभावले थप समस्यामा पारेको छ ।
सरकारी मातहतका निकायहरु,पालिकाहरुले लक्षित किसानलाई आवस्यकता अनुसार सरकारले तोकेको मुल्यमा मल,खाद उपलब्ध गराउन नसकेको बाध्यात्मक अवस्थामा किसानहरु बिचौलिया र अन्य ब्यपारीहरु संग महँगो मुल्यमा मल,खाद खरिद गर्न बाध्य छन् ।
अतः सहज सिचाइ र मल,खाद उपलब्धताको लागी सरोकार र जिम्मेवारवाला निकाय संग पहल गर्न र मल,खाद माफियाहारुको पहिचान गरि कारवाही गर्न ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ ।
ध्यानाकर्षण पत्र मार्फत यस वर्ष प्राकृति आपदाको अवस्थामा यो जिल्लामा खेतिकिसानिको दयनीय अवस्था हुने हुंदा यो जिल्लालाई सुखाग्रस्त जिल्ला घोषणा गरि किसानहरुलाई क्ष्ँतिपुर्ती एवं सुबिधाको लागी पहल ,सिफारिस गर्न अनुरोध गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -