सहारा दैनिक

spot_img
Homeदेशलुम्बिनीबोराभित्र महिलाको शव

बोराभित्र महिलाको शव

दमौली, ३० जेठ (रासस)
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ ।
उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताउनुभयो । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।”
व्यास नगरपालिका(४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भन्नुभयो । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -