सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ जेठ ।
पर्सा जिल्ला सदरमुकाम वीरगंज महानगरपालिका कै सिमावर्ती क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) भइ रहेको सामाचार बुझिन आएको छ ।
जिल्लाको ग्रामिन भेगका साथै सदरमुकाम वीरगंजको सिमावर्ती क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाईहरुका पदाधिकारी कै सहमतीमा तस्करहरुले पछिल्लो केही समय देखी अवैध ओसार पोसारलाई निरन्तरता दिएको बुझिन आएको हो ।
सदरमुकाम वीरगंज वडा नं. १६ स्थित प्रहरी चौकी इनर्वा गाउ र मुख्य नाका इनर्वा प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलको भन्सार विओपी कै पदाधिकारीको सहमतीमा तथा वडा नं. ३ र १ स्थित रहेको प्रहरी चौकी भकुवा कोना र सिमा प्रहरी चौकी छपकैयाका प्रमुखहरुको सहतीमा राती १२ बजे पछि सिमावर्ती भारतीय सहर रक्सौलबाट कपडा, मोटर पाटर्स, कस्मेटिक (श्रींगार)का समाग्री, काजु लगायतका किराना समाग्रीहरु अवैध रुपले भन्सार राजस्व चुहावट गरी चोरी पैठारी भइरहेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार वीरगंज–रक्सौल विच तस्करको नामले ख्याती कमाएका भारतीय नागरिक मुक्तार र जटाधारी लगायतको टोलीले सिमावर्ती क्षेत्रमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पदाधिकारीहरुलाई आर्थिक प्रभावमा पारेर दैनिक रुपमै राती १२ बजे देखि ३ बजे सम्म साइकल र टेम्पोमा रक्सौलबाट करोडौं मुल्य बराबरका समाग्रीहरु चोरी पैठारी गर्ने गरेका छन ।
तस्कर मुक्तार मियाँको टिममा केही भुपु प्रहरी समेतको संलग्नतामा केही घुमुवा प्रहरी र सिमा क्षेत्रमा खटिएका इकाईका प्रमुखहरुसंगको सांठगांठमा अन्य समाग्रीसंगै करोडौं मुल्यको कपडा भित्रियाएर वीमनपा वडा नं. १६ स्थित रजतजयन्ती चौक छेउछाउमा विभिन्न ट्रन्सपोर्टहरुले तस्करी कै समाग्री ओसार पोसारका लागी खोलेको काउन्टर रुपी गोदाममा रातभरी ओसारेर राख्ने र भोली पल्ट काठमाण्डौं, नारायणघाट र पोखरा तर्फ पठाउने गरेको श्रोतले जनाएको छ ।
तस्करी लाइन संचालन रहेको भन्ने आधार पर्सा प्रहरीले प्राय दिनहु जसो नै बिल विजक भन्दा बढि मालसामान लोड रहेको विभिन्न ट्रान्सपोर्टको ट्रक नियन्त्रणमा लिनुका साथै मंगलवार राती वीमनपा वडा नं. १५ स्थित एक गोदामबाट अवैध मालसामान नियन्त्रणमा लिनुले प्रमाणित गरेको छ ।
लाखौ मुल्य बराबरको कपडा सहितका समाग्रीहरु बरामद
भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न तथा कपडाहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १५ स्थित भिष्वा निवासी लालबाबु साहको घरबाट खाद्यान्न तथा कपडाहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं. १५ स्थित भिष्वा बस्ने लालबाबु साहको दुई तल्ले पकी घरमा कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले काजु, लत्ताकपडा, खुल्ला पापड, ल्वा·, सर्टको थान कपडा लगायतका मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले स्थानीय जनप्रतिनिधीहरूको रोहबरमा मंगलवार साढे आठ बजे राती उक्त कोठाको खानतलासी गर्दा काजु–४०० किलो, सर्ट थान कपडा–२२५७ मिटर, खुल्ला पापड–१४७ किलो, ल्वा·–७२ किलो, हुक्काको फलेवर–४६ प्याकेट बरामद गरेको जनाएको छ ।
बरामलद गरेको उक्त सामानहरुको रू.११ लाख ६६ हजार ७ सय ९० मुल्यांकन गरी बुधवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box