सहारा दैनिक

spot_img
Homeदेशमधेशअनियमितता आरोपमा सप्रउ पोखरेल तानिए

अनियमितता आरोपमा सप्रउ पोखरेल तानिए

वीरगंज, १७ मंसिर ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख सप्रउ तेज प्रसाद पोखरेल हेडक्वाटर तानिएका छन ।
अनियमितता आरोपमा भारत संग सिमा जोडिएका तिन जिल्लाका गणपति संगै पोखरेल पनि तस्करी कार्यलाई सघाएको आरोपमा हेडक्वाटर काठमाण्डौं तानिएको श्रोतबाट बुझिन आएको छ ।
प्राप्त समाचार अनुसार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले १२ नं. गण हेक्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, १३ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल र २६ नं. गण हेक्वा. नवलपरासी पश्चिमका गणपति रुपकुमार क्षेत्रीलाई आर्थिक अनियमितता एवं तस्करी संचालनमा सघाएको आरोपमा अनुसन्धानका लागी तानिएको बताईन्छ ।
सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलकै संरक्ष्ँणमा सिमा क्षेत्रबाट पछिल्लो समय निर्विवाद तस्करी कार्य भइरहेको भन्ने समाचारहरु व्यापक रुपमा आएको थियो भने सशस्त्र प्रहरी बलकै सहयोगमा पर्सा जिल्लाको मुख्य नाका नै प्रयोग गरी तस्करहरुले करोडौको मालसामान अवैध रुपले भित्रियाउदै आएको केहि घटना क्रमले पुष्टि समेत गरेको थियो ।
सिमा क्षेत्रबाट सशस्त्र प्रहरी बलकै संरक्षणमा हुने गरेको तस्करी कार्य बारे अनुसन्धान गर्न सशस्त्र प्रहरी बल मुख्यालयले बाहिनी र गणलाई समेत जानकारी नदिई दुई जना सशस्त्र प्रहरी उपरिक्षक नेतृत्वका छुट्टाछुट्टै ‘मार्सल टोली’ लाई तराई–मधेसका जिल्लाहरुमा छड्के गर्न पठाएको थियो ।
सोही टोलीको प्रतिवेदनका आधारमा सशस्त्र प्रहरी बल मुख्यालयले तीन जना गणपति सहित केहि बिओपी इन्चार्जलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको बताइन्छ ।
यसै क्रममा पर्सा जिल्ला अन्तरगत तस्करीको मुख्य नाकाहरू मध्येको बोर्डर आउट पोस्ट अलौंका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक एकराज चौलागाई र तस्करीको अर्को मुख्य नाका अमरपट्टी स्थित बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक श्याम मगरातीलाई पनि तस्करीको लाइन दिएको साथै आर्थिक अनियमितता लगायतको आरोपमा हेडक्वार्टर तानिएको सशस्त्र श्रोतबाट बुझिन आएको छ ।
पर्सासंगै बाराका पनि केहि बोर्डर आउट पोस्टका इन्चार्ज आतन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -