वीरगंज, २२ कार्तिक ।
पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीलाई मतदाताहरुबाट स्वागत सहित विजयी यात्राको शुभकामना दिएका छन ।
नेकपा एमाले र जसपाका साझा उम्मेदवार रहेका अधिवक्ता कुर्मीलाई मंगलवार पर्सा क्षेत्र नं. २ अन्तरगत पर्सागढि नगरपालिका वडा नं. ८ स्थित हरपुरमा आयोजित घरदैलो कार्यक्रमका क्रममा स्थानीयले भव्य स्वागत सहित विजयी यात्राको शुभकामना दिएका हुन ।
उम्मेदवार कुर्मीका प्रचार प्रसार समितिले दिएको जानकारी अनुसार हरपुरमा एमाले र जसपाका नेताहरु सहित प्रदेशसभा (क) का उम्मेदवार रामनरेश यादव समेत घरदैलो कार्यक्रम गरेका हुन ।
प्राप्त उपलब्धीको रक्षा सहित स्वास्थ्य शिक्षा र विकाश तथा समृद्धिका नारा सहित चुनावी मैदानमा उत्रिएका कुर्मी स्वक्ष छवीको भएकाले आम जनतामा उनी प्रति आकर्षण वढ्दो रहेको बताइएको छ ।
उनी संगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका अजय चौरसियाको घमण्डी छवीका साथै पार्टी भित्रै बढ्दो असन्तुष्टि व्याप्त रहेकाले पनि पर्सा क्षेत्र नं. २ मा अधिवक्ता कुर्मी बलियो उम्मेदवारको रुपमा स्थापित भएका छन ।
Facebook Comments Box