वीरगंज, ०३ भदौ ।
शसस्त्र प्रहरी बल बाराले ठुलो परिमाणमा लागु औषध सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट पिपरपातीबाट खटिएको टोलीले नोर्फिन, डाइजोपाम र फेनारगन सहितका लागु औषध सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
शसस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको विआर०५एटी ५९७५ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेर चेकजाँच गर्दा लागु औषध नोर्फिन ९२५ पिस, डाइजोपाम ९०० बोटल र फेनारगन ८७५ बोटल बरामद भए पछि मोसा चालक भारत विहार मोतिहारी पुर्वीचम्पारण २ रेगनीयाको १८ वर्षिय त्रिभुवन यादवलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी बल १२ नम्बर गण हेडक्वाटर बाराले जनाएको छ ।
लागु औषध सहित नियन्त्रणमा लिइएको यादवलाई निजले प्रयोग गरेको मोसा आवस्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय सिमरौनगढ बारामा बुझाइएको शसस्त्र प्रहरी नायव उपरिक्षक समेनन्द बज्राचार्यले जानकारी दिनु भयो ।
ठुलो परिमाणमा लागु औषध सहित एक पक्राउ
Facebook Comments Box