सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारअवैध कपडा लोड कन्टेनर नियन्त्रण

अवैध कपडा लोड कन्टेनर नियन्त्रण

वीरगंज, ०१ भदौ ।
बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ६ स्थित माइस्थान चोकबाट लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेका कन्टेनर नियन्त्रणमा लिएको हो ।
वीमनपा वडा नं.६ माईस्थान चोक स्थित सडकखण्डमा ना.६ ख ४३४५ नम्बरको मालवाहक कन्टेनरलाई रोकेर जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परे पछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको कन्टेनर भित्र रहेको मालसामानको रू. ५४ लाख ५ हजार ६ सय ३८ मूल्यांकन गरी आवश्यक कारवाहीको लागी बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -