वीरगंज, २९ साउन ।
अपहरण, शरिर बन्धक गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
साउन २४ गते विहान ९ बजे घरबाट ट्युसन पढ्न निस्केका बारा जिल्ला बिश्रामपुर गाउपालिका वडा नं.५ ईटियाहीको २३ वर्षीय राजकुमार ठाकुरको हत्या अभियोगमा पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
ट्युसन पढ्न वीरगंज महानगरपालिका वडा नं.१६ नगवा तर्फ साईकलमा गएको ठाकुर सम्पर्क विहीन रहेको भनी निजको वुवा मोतिलाल ठाकुरले जिल्ला प्रहरी कार्यालय पर्सामा छोरा हराएको दिएको निवेदन पश्चात खोजतलास तथा अनुसन्धानमा जुटेका प्रहरीले २७ गते वी.म.न.पा १६ नगवामा टेलर सञ्चालन गरी बस्दै आएका बिश्रामपुर गापा वडा नं.५ इटियाही कै २८ वर्षीय उत्तम पटेल र निजकै दाई ३० वर्षीय प्रितम पटेललाई नियन्त्रणमा लिइ प्रारम्भिक सोधपुछ गर्दा निजहरुले राजकुमार ठाकुरको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
पटेल दाजु भाईले ठाकुरको आफ्नी बहिनि संग प्रेम सम्बन्ध रहेको शंकामा ठाकुरलाई टेलरमा लगी कर्तव्य गरी मारी मृतकको शव बोराभित्र राखेर ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मो.सा. प्रयोग गरी सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेशन पु¥याएर त्यहाँ रोकी राखेको मुजप्mफरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउमा छोडेर आएको भनी निजहरुले खुलाएको जिप्रकाले जनाएको छ ।
पक्राउ परेका पटेल दाजु भाईले घट्ना बारे खुलासा गरे पछि तत्काल जिप्रकाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक बिनोद कुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुर स्थितबाट शव बुझेर ल्याई परिक्षणको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको जिप्रकाले जनाएको छ ।
सो घटना सम्बन्धी अनुसन्धानमा पक्राउ परेका पटेल दाजु भाई विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
आफ्नै बहिनीको प्रेम सम्बन्ध रहेको आशंकामा युवकको हत्या गर्ने दाजु भाई पक्राउ
Facebook Comments Box