वीरगंज, ०९ साउन ।
राजसंस्था पुनरस्थापनाको महान अभियानमा अग्रसर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता भनिने व्यक्ती भारतीय नागरिक रहेको खुलासा भएको छ ।
हिजो आज समाजिक संजालमा राप्रपाको प्रभावशाली नेता भनी लेखिएर आउने गरेका नरेश कुमार साह भारतीय नागरिक भएको खुलासा भएको हो ।
२०६३ सालमा खटिएका नागरिकता टोलीबाट सर्लाही जिल्ला तत्कालिन अविलासी गाविस वडा नं. ८ मा जन्म भएको भुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका साह भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा भएको खुलेको हो ।
निजको हालसम्म भारत विहार सितामढी जिल्ला रिगा विभानसभा अन्तरगत बेलमा जग्गा जमिनका साथै भारतीय नागरिकता र मतदाता सुचिमा समेत नाम उल्लेख रहेको प्रमाण राष्ट्रिय सहारा संग उपलब्ध रहेको छ ।
त्यसै गरी साहको नागरिकता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ ।उजुरीको आधारता जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको सिशिलामा निजलाई झिकाएर थप एवं गहन अनुसन्धान गरिरहेको बुझिन आएको छ ।
राप्रपा श्रोतका अनुसार पार्टीमा साहले प्रवेश गरे देखि लाखौं रुपैया खर्च गरिसकेका छन भने अगामी संघ र प्रदेश संसदको निर्वाचनमा करोर्डौ खर्च गर्ने अश्वासन दिएका छन ।
साहले निर्वाचनमा आफुलाई समानुपातिक सुचिमा समावेस गरी सांसद र मन्त्री सम्म पुग्न करोडौं रुपैया खर्च गर्ने सोचमा रहेको राप्रपाका एक नेताले आप्mनो नाम उल्लेख नगर्ने सर्तमा राष्ट्रिय सहारालाई बताएका छन ।
Facebook Comments Box