सहारा दैनिक

spot_img
Homeअर्थनिर्यात अनुदान बन्द नगर्न वीउवासंघद्वारा आग्रह 

निर्यात अनुदान बन्द नगर्न वीउवासंघद्वारा आग्रह 

वीरगंज, २४ असोज ।
वीरगंज उद्योग वाणिज्य संघले आव २०७८।७९ र २०७९।८० का निर्यात अनुदान आवेदन रोक्ने उद्योग विभागको निर्णय फिर्ता लिन र निर्यातकर्ताका लागि आवेदन दिने म्याद थप गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
शुक्रवार संघका अध्यक्ष हरिप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै विगतमा केही वस्तुहरूको निर्यातमा अनुदानले निर्यात प्रवद्र्धनमा उल्लेखनीय सफलता ल्याएको थियो । तर उद्योग विभागले असोज २३ गते जारी गरेको सूचनामा “आर्थिक वर्ष २०८१।८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाउने आवेदन प्रक्रिया यस वर्ष अघि नबढाइने” निर्णय गर्दा निर्यातकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको उल्लेख छ ।
औद्योगिक क्षेत्र र निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन परिस्थितिबीच पनि वैदेशिक मुद्रा आर्जनमा योगदान गर्दै आएकोमा अनुदान प्रक्रिया रोकिनु दीर्घकालीन नकारात्मक असर पु¥याउने विज्ञप्तिमा जनाइएको छ ।
उद्योग विभागको निर्णय पुनर्विचार गरी आर्थिक वर्ष २०८१।८२ का लागि आवेदन बुझाउने म्याद थप गर्न वीरगंज उद्योग वाणिज्य संघले माग गरेको छ। संघले वित्तीय सङ्कट र संक्रमणकालीन अवस्थालाई ध्यानमा राख्दै सो वर्षको बक्यौता बराबरको बण्ड जारी गर्ने व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ।
विज्ञप्तिमा मुलुकको वित्तीय सीमा, असहज परिस्थिति र औद्योगिक चुनौतीलाई गम्भीरतापूर्वक वीउवासंघले बुझेको छ र नेपाली निर्यातकर्ताको संरक्षण तथा औद्योगिक विकासमा प्रतिबद्ध रहँदै सरकारसँग आग्रह पनि विज्ञप्तिमार्फत गरिएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -