सहारा संवाददाता————–
सर्लाही, १६ वैशाख ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाको लापरबाहीले लाखौंको बजेट फ्रिज हुने भएको छ ।
खोपबाट वञ्चित अतिरिक्त खोप कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/ ८२ को लागि सर्लाहीको २ सय वडाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशर्त अनुदान २६ लाख ४० हजार बजेट छुटयाए पनि हाकिमको लापरबाहीले बजेट नै फ्रिज हुने अवस्था आएको छ ।
अतिरिक्त खोप कार्यक्रम अन्तर्गत खोप पहुँच नभएका सर्लाहीको प्रत्येक वडामा प्रत्येक महिना आर्थिक वर्ष शुरू भए लगत्तै खोप कार्यक्रम गर्नु पर्ने तर हालसम्म कार्यक्रम संचालन नभएको हुँदा हजारौं सेवाग्राही सेवा लिनबाट बंचित हुने भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को शुरू अर्थात साउन महिना देखि नै कार्यक्रम शुरू हुनुपर्नेमा २०८२ को वैशाख लागि सक्दा पनि कार्यलय प्रमुखको लापरबाहीले बजेट चल्न नसकेको नाम नबाताउने शर्तमा एक स्वास्थ्यकर्मीले जानकारी दिएको छ ।
कार्यक्रम संचालनका लागि ७ सय खोप कार्यकर्ता र ४ सय भोलिएन्टरको गरि ११ सय सर्लाहीको २ सय वडामा नै प्रत्येक महिनाको लागि बजेट छुटयाए पनि स्वास्थ्य कार्यलय प्रमुखको बदमासीले गर्दा बजेट फ्रिज हुने अवस्था आएको एक स्वास्थ्यकर्मीले बताए ।
कार्यालय प्रमुख झालाई यो शीर्षकमा बचत नहुने भएपछी बजेट नचलाएको स्वास्थ्यकर्मीहरूको आरोप छ ।
स्वास्थ्य कार्यालय प्रमुख झा हालको नियमित खोप सेवाको पहुँचबाट टाढा रहेका समुदायहरूमाहाल चलिरहेको नियमित खोप तालिका बाहेक महिनाको १ दिन थप खोप चलाउने वारे बेखर रहेको पाइएको छ । अतीरिक्त चलेकै छैन तर उहाले खोप चलिरहेको जानकारी दिनुभयो । उहाले यसवारे थप बुझन यो कार्यक्रमको फोकल पर्सन सुशील झालाई बुझ्न भन्नुभयो ।
यसबारे फोकल पर्सन झासँग बुझ्दा आफुहरूलाई पहिले नै जानकारी भएको तर विविध कारणले खोप चलाउन नसकिएको उहाले स्विकार्नु भयो ।
छुट खोप अहिले देखि संचालन भयो वैशाख, जेष्ठ र असार गरि ६ लाख ६० हजार चल्ने र बाँकी १९ लाख ८० हजार फ्रिज हुने निश्चित नै भएको एक स्वास्थ्यकर्मीले बताए ।
तराई तथा भित्री मधेशका जिल्लाहरूमा खोप सेवाको पहुँचबाट टाढा रहेका बस्ती, समूदाय, वर्ग (धार्मिक स्कुल/विशेष स्कुल/अनाथलय/विशेष समूह तथा वर्ग/कलकारखाना तथा इट्टा भट्टा/सिमान्तकृत समूदाय छुटमा प्रत्येक बडामा मासिक थप खोप सेसन सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सर्लाहीमा कार्यलय प्रमुखको लापरबाहीले बजेट फ्रिज हुने अवस्था सिर्जना भएको छ ।
हालको नियमित खोप सेवाको पहुँचबाट टाढा रहेका उक्त समुदायहरूमाहाल चलिरहेको नियमित खोप तालिका बाहेक महिनाको १ दिन थप गरी सर्लाही सहित तराई तथा भित्रीमधेशका समूदायमा छुट हुन सक्ने बालबालिकाहरूको पहिचान गरी प्रत्येक महिना सो समूदायलाई पायक पर्ने समय र स्थानमा नियमित रूपमा खोप सेसन सञ्चालनको लागि २५ वटा जिल्लाहरूका सम्पूर्ण वडाहरूमा यो कार्यक्रम तथा बजेट विनियोजन गरिएको हो।
कार्यक्रम तथा बजेट विनियोजन भएका जिल्लाहरूमा सर्लाही, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोतरी, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर रहेका छन ।
खोपको उद्देश्य प्रत्येक वडाको छुट हुन सक्ने बस्तीको पहिचान गरी सोही समुदायमा गई नियमित खोप लगाई १५ महिना सम्मका तथा खोप छुट बालबालिकालाई पूर्ण खोप प्रदान गरी समूदायमा महामारी फैलनबाट रोकिने रहेको छ।
खोप सञ्चालन गर्ने अवधि
हरेक महिनाको निश्चित एक मितिमा प्रत्येक बडाको खोप सेवाको पहुँचबाट टाढा रहेका बस्ती, समुदाय, वर्ग लक्षित गरेर खोप केन्द्र सञ्चालन गर्ने प्रावधान रहेको छ।
सञ्चालन प्रक्रियाः
स्वास्थ्य कार्यालयको अगुवाईमा स्थानीय तहसँगको समन्वयमा जिल्लाको हरेक वडाहरूमा छुट हुन सक्ने बस्तीहरूको पहिचान गरी वार्षिक सुक्ष्म योजना तयार गर्दा नै सो समूदायमा मासिक रूपमा थप खोप सेसन सञ्चालनको योजना तयार गर्ने। यसरी सुक्ष्म योजना तयार गर्दा स्वास्थ्य संस्था स्तरको सुक्ष्म योजना फारमको फारम नं ७ मा खोप सेवाको पहुँच नपुगेका क्षेत्र र जोखिमपूर्ण समूहको विवरण तथा कार्ययोजनामा पहिचान भएको आधारमा फारम नं ८ मा थप खोप सेसनको योजना गर्नुपर्दछ। स्वास्थ्य कार्यालयले सोही सुक्ष्म योजना अनुसार सम्बन्धीत स्थानीय तहसँग समन्वय गरी त्रैमासिक रूपमा स्वास्थ्य संस्थालाई कार्यक्रम सम्पन्न पश्चात बजेट प्रदान गर्ने व्यवस्था रहेको छ ।
खोपजन्य सामग्रीआपूर्ति व्यवस्थापन गर्ने
यो कार्यकम खोप सेवा सञ्चालन गर्ने समुदाय, बस्तीका अभिभावकहरूको अनुकलताको आधारमा गरिने भएकोले, कार्यालय समय भन्दा भिन्न समयमा गर्नुपर्ने हुदाँ खोप दिने स्वास्थ्यकर्मी तथा स्वंयमसेवकहरूको यातायात र खाजा खर्च साथै अनुगमनकर्ता परिचालन खर्च त्रैमासिक रूपमा स्वास्थ्य संस्थाबाट प्रतिवेदन प्राप्त गरे पछि भुक्तानी गर्नुपर्ने छ।
नियमित खोप केन्द्र संचालनको वारेमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक समीक्षामा जानकारी तथा प्रचार प्रसार (माईकिङ र एफ. एम परिचालन को लागि छलफल गरी आवश्यक व्यवस्थापन गर्ने व्यवस्था भएपनी कार्यलय प्रमुख झाको बदमासीले हालसम्म प्रचारप्रसार नभएको पाईएको छ।
Facebook Comments Box