सहारा दैनिक

spot_img
Homeदेशरोजगारीका लागि मुक्त हरवाचरवा युवाहरू छनोट

रोजगारीका लागि मुक्त हरवाचरवा युवाहरू छनोट

सहारा संवाददाता–––––––––––––––
जनकपुरधाम, १४ वैशाख/
राष्ट्रिय दलित नेटवर्क, नेपालसँगको सहकार्यमा नेपाल युथ फाउण्डेसनले ब्यावसायिक सीप बिकास तालिममार्फत रोजगारीका अवसरमा पहुँच अभिबृद्धी गर्ने उद्देश्यले मधेश प्रदेशका ८ जिल्लाका २१ स्थानीय तहबाट ५० जना मुक्त हरवाचरवा युवाहरूलाई छनोट गरेको छ ।
छनोट गरिएका यूवाहरूको रूची र आवश्यकता अनुसार निःशुल्क आवाशीय रूपमा ३९० घण्टे वाइरिङ्ग तालिम, ३९० घण्टे सहायक प्लम्बर तालिम, ३९० घण्टे फर्निचर निर्माण कारपेन्ट्री तालिम र ५५० घण्टे वेल्डिङ्ग तालिम प्रदान गरिने नेपाल युथ फाउण्डेसनका कार्यक्रम ब्यवस्थापक लक्ष्मी घिमीरेले बताइन् ।
तालिमहरू ललितपुर स्थित ओल्गापुरी ब्यावसायिक तालिम केन्द्रमा आयोजना गरिने जनाइएको छ । तालिमहरूको प्राथमिक उद्देश्य भनेको सहभागीहरूलाई उनीहरूको छनौट गरिएका क्षेत्रहरूमा आवश्यक सीपहरू प्रदान गर्नु जसका माध्यमबाट उनीहरूको व्यावसायिक वृद्धि र रोजगारीलाई प्रबद्र्धन गर्नु रहेको उनले बताइन् ।
यस अघि स्थानीय सरकारसंग समन्वय गरि तालिमका सहभागीहरूलाई छनोट गर्नका लागि नेपाल युथ फाउण्डेसन र राष्ट्रिय दलित नेटवर्क, नेपालको संयुक्त टोली मधेश प्रदेश अन्तरगत सप्तरी जिल्लाको कञ्चनरूप र शुरूङ्गा नगरपालिका, सिराहाको धनगढीमाई नगरपालिका र लक्ष्मीपुर पटारी गाउँपालिका, धनुषाको सहीदनगर र बिधेह नगरपालिका, महोत्तरीको मटीयानी, औरही र एकदारा नगरपालिका, सर्लाहीको ईश्वरपुर र हरीपुर नगरपालिका, ब्रहमपुरी र चन्द्रनगर गाउँपालिका, रौतहटको माधवनारायण, गरूडा र बिन्द्राबन नगरपालिका, बाराको कोल्भी नगरपालिका, बारागढी र करैयामाई गाउँपालिका पर्साको वीरगंज महानगरपालिका र पकाहामैनपुर गाउँपालिकामा पुगेर ४१० जना मुक्त हरवाचरवा यूवाहरूको भेला मार्फत उनीहरूका लागि अभिमुखीकरण कार्यक्रमहरू समेत आयोजना गरेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -