वीरगंज, ९ वैशाख । वीरगंज महानगरपालिका–२१ परवानीपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना ६ ख ७६०९ नम्बरको ट्रकले प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु हो । मृत्यु हुनेमा परवानीपुर गाउँ निवासी प्रदीप गुप्ता रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिने ट्रक भने पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ । उक्त ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि सोही बेला सरकारी नम्बरको ट्रयाक्टरलाई पनि ठक्कर दिएको थियो । ट्रयाक्टरमा सामान्य क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको शव भने पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box