सहारा दैनिक

spot_img
Homeसमाचारटाटा सुमोको टायरमा लुकाइएको नियन्त्रित औषधि बरामद

टाटा सुमोको टायरमा लुकाइएको नियन्त्रित औषधि बरामद

वीरगंज, ९ वैशाख । बाराको अमलेखगन्ज प्रहरीले मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको टाटा सुमोबाट नियन्त्रित औषधिसहित चालकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका–९ बस्ने २४ वर्षीय मुमताज मियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सुमोलाई चेकजाँच गर्ने क्रममा सुमोको हुडको भागमा स्पेयर टायरभित्र प्वाल पारी लुकाई छिपाई राखिएको अवस्थामा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -