सहारा दैनिक

spot_img
Homeअपराधन्यायको माग गर्दै अदालतअगाडि धर्ना 

न्यायको माग गर्दै अदालतअगाडि धर्ना 

सहारा संवाददाता–––––––––––––––
रौतहट, २७ माघ ।
कर्तव्य ज्यान मुद्दाका अभियुक्तहरुलाई सफाइ दिएको भन्दै रौतहटमा एक परिवार जिल्ला अदालत अगाडि धर्नामा बसेको छ । कर्तव्य ज्यान मुद्दाका अभियुक्त दुर्ईजनालाई सफाई दिएको भन्दै एक सातादेखि जिल्ला अदालत, गौर अगाडी पीडित परिवारका सदस्यहरु धर्नामा बसेका हुन् ।
पसलमा उधारो सामान नदिएको भन्दै २०७६ असार ४ गते राति १० बजे यमुनामाई गाउँपालिका–४ सरूअठा निवासी ५२ वर्षीय रामविनोद गुप्तालाई कुटपिट गर्दा घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियोे ।
सो घटनामा संलग्नउपर जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ ।
घटनामा संलग्न  रामविनोद सिंह र रामकिशोर सिंहलाई रौतहट जिल्ला अदालतका न्यायाधीश मनोज केसीले सफाई दिएको भन्दै पीडित परिवार न्यायको माग गर्दै आइतवार नारावाजी गरेका थिए ।
गुप्ताको किराना पसलमा उधारो सामान नदिएको भन्दै विन्देश्वर सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, बडाबाबु सिंह, रामविनोद सिंह र निखिलकुमार सिंहले सामुहिक रूपमा मिलेर निर्घात कुटपीट गरेर हत्या गरेको आरोप पीडित परिवारको रहेको छ ।
अदालतका केही कर्मचारीको मिलोमतोमा रकमी चलखेल गरेर सफाई दिलाएको आरोप पीडित परिवारका सदस्य एवंम मृतकको भाई राजन गुप्ताले बताएका छन् ।
उक्त मुद्दाको अभियुक्तहरूमध्ये दुर्ई जना रामकिशोर सिंह र रामविनोद सिंहलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा दुबैजना धरौटीबाट रिहा भएका छन् भने पाँच जना अझै फरार रहेको मृतकको भाई राजन गुप्ताले बताए ।
अदालतका मुख्य न्यायाधीश मनोज केसीले रामकिशोर सिंह र रामविनोद सिंहलाई सफाई दिएको भन्दै पीडित परिवारले आपत्ती जनाउँदै अदालत अगाडि धर्नामा बसेका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -