सहारा दैनिक

spot_img
Homeसमाचारकरीब दुई करोड मूल्य बराबरका सामानसहित ट्रक नियन्त्रणमा

करीब दुई करोड मूल्य बराबरका सामानसहित ट्रक नियन्त्रणमा

वीरगंज, २७ माघ/ जिल्ला प्रहरी कार्यालय पर्साले करीब दुई करोड मूल्य बराबरको सामानसहितको ट्रकहरू राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । एक करोड ९५ लाख ४९२ मूल्य बराबरका साइन्टीफिक क्यालकुलेटर तथा हेयर ट्रिमर लोड रहेका तीनवटा ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिप्रका, पर्साले जनाएको छ । सूचनाको आधारमा प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा बा १ ख ९९०९, ना ६ ख ५४९१ र ना ६ ख ६३९७ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । जाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौैं जाँदै गरेका उक्त ट्रकहरूमा लोड रहेका सामान बिलबिजक भन्दा बढी रहेको आशंका लागेकाले पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए । उनले अनुसार बरामद सामानसहितको ट्रकहरू आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -