सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ माघ ।
आम नागरिक समाजले नारायणी अस्पताल निर्माणका लागि दबाबमूलक -याली निकालेको छ । शनिवार बिहान अस्पतालबाट शुरू भएको -यालीमा विभिन्न नागरिक समाजका अगुवा, बुद्धिजीवी,व्यापारी तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।
-याली नगरको विभिन्न स्थानको परिक्रमा गरी घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नारायणी अस्पताललाई ५ सय सैयाको भवन निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । अस्पतालमा पूर्वाधार अभावका कारण नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । अझै पनि यस मुद्दाको निस्कर्स निस्किएन भने हामी आमरण अनशन गर्ने बताए ।
वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईंले अदालतले मुद्दाको छिनोफानो चाँडो गर्नुपर्ने तथा सरकारको चासो बढाउनुपर्ने माग माग राखेका थिए ।
नागरिक समाजद्वारा नारायणी अस्पताल निर्माणका लागि दबाब -याली
Facebook Comments Box