सहारा दैनिक

spot_img
Homeदेशमधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छः महासचिव पोखरेल

मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छः महासचिव पोखरेल

काठमाडौँ, २६ माघः/रासस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेशमा मधेशवादी दललाई सहमतिमा ल्याउन थालिएको बताउनुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीले आज भक्तपुरको गोठाटारस्थित मदन÷आश्रति स्मृति प्राविधिक शिक्षालयमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा उहाँले मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । “मधेशवादी दलले अध्यादेशलाई समर्थन गर्नका लागि अप्ठयारो मानेको देखिन्छ । तिनलाई सहमति गराएर यस विषयलाई अगाडि बढाउने पार्टीको सोच छ । त्यसका लागि प्रयास भइरहेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले राज्य कमजोर पारेर व्यक्ति बलियो हुने प्रयास गर्न खोजिएको भन्दै बलियो राज्यले नै समाजलाई चाहेको दिशामा डोर्याउन सक्ने र त्यसका लागि पार्टीले काम गरिरहेको बताउनुभयो ।

महासचिव पोखरेलले राजनीतिक धुव्रीकरण गर्दै ठूला पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले दुई ठूला पार्टी लामो समयसम्म सँगै बस्न नसकिने भन्दै निर्वाचनमा अलग अलग भएर चुनावमा जाने बताउनुभयो । “हाम्रो लक्ष्य फरक भएकाले लामो समयसम्म सँगै बस्न सकिँदैन । नीतिगत प्रतिस्पर्धा गर्ने बाटो तयार गर्नका लागि अहिले दुई पार्टी मिलेका हौँ । त्यो काम गर्छौं ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -