वीरगंज, ०९ माघ । २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधवार सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय बारा पथलैयाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ महिला सहित ५९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इञ्जिनियर सञ्जय कुमार मण्डलले रक्तदान गरेर शुरु गरेको कार्यक्रममा प्रकाश पाण्डे, सरोज ढकाल, सीमा गुरूङ, मदन राना, राम बहादुर राई, अनिल विक, अनुज प्रसाद चौरसिया, सविन राई, पशुपति विक लगायत ५९ जनाले रक्तदान गरेका हुन् । कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगमा भएको थियो ।
Facebook Comments Box