सहारा दैनिक

spot_img
Homeअर्थसशस्त्र प्रहरीद्वारा २१ करोडको सामान बरामद

सशस्त्र प्रहरीद्वारा २१ करोडको सामान बरामद

वीरगंज, ८ माघ/रासस
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भिœयाइएका रू २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिनुभयो ।
“सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकामा दुर्ईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।”
सशस्त्र प्रहरी बलले चालु आवको छ महिनामा रू १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भिœयाइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रू चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -