सहारा दैनिक

spot_img
Homeसमाचारकृषिमैत्री कार्यक्रम ल्याउन कृषि विकास बैंकलाई सुझाव

कृषिमैत्री कार्यक्रम ल्याउन कृषि विकास बैंकलाई सुझाव

सहारा संवाददाता––––––––––––––– वीरगंज, ७ माघ । कृषि विकास बैंक लिमिटेडले ५८औं वार्षिकोत्सव सोमवार कार्यक्रम गरी मनाएको छ । मधेश प्रदेश वीरगंजले आयोजना गरेको कार्यक्रमको उदघाटन गर्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले कृषि बिकास बैंक साँच्चिकै नाम जस्तै कृषकहरूको बैंक भएको बताउनु भयो । उहाँले किसानलाई लक्षित गर्दै बैंकले ल्याउने योजना र अनुदानलाई अझै निरन्तरता दिएर कृषकमैत्री कार्यक्रम ल्याउनुपर्नेमा कुरामा जोड दिनुभयो । अध्यक्ष अग्रवालले निजी क्षेत्रमा पनि अहिले लगानी गर्ने वातावरण भएको बताउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनु भयो । कृषि विकास बैंक लिमिटेड वीरगंज शाखाका प्रबन्धक रामप्रसाद गजुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, बरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, नेपाल वित्तिय संस्था कर्मचारी संघ पर्साका अध्यक्ष संजय कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कृषि विकास बैंकले केन्द्रसहित देशैभर भएका शाखाहरूमा विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -