सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ मंसिर ।
नेपालबाट गएको दुर्ईवटा तथा भारतको झारखण्डबाट आएको दुर्ईवटा ग्याँस ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
भारत रक्सौलमा हालै आएका एसपी स्वर्ण सिंहले तस्करी तथा लागूऔषध नियन्क्रणमा सत्रियता देखाएपछि भारतको रक्सौलस्थित अन्तर्राष्ट्रिय सिमानाबाट करीब एक करोड ६८ लाख मूल्य बराबरको गाँजा बरामद भएको हो ।
भन्सार आयुक्त, पटनाको निर्देशनमा सञ्चालित विशेष तस्करी विरूद्धको अभियान अन्तर्गत सूचनाको आधारमा नेपालबाट भारत आउँदै गरेको एलपीजी ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । त्यसैगरी भारत कोडर्माबाट आएको दुईवटा टयांकरबाट पनि ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले गाँजासँगै भारतीय नागरिक सञ्जय पासवान, बहादुर यादवलाई पक्राउ गरेको जनाएको छ ।
ग्याँस ट्याङ्ढरबाट ठूलो परिमाणमा गाँजा बरामद
Facebook Comments Box