सहारा दैनिक

spot_img
Homeसमाचारप्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता

प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता

काठमाडौँ, २६ मङ्सिरः (रासस) मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको छ ।
साथै, उहाँले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आजै, प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसैगरी उहाँको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -