सहारा दैनिक

spot_img
Homeसमाचारमहासंघ, रौतहट अध्यक्ष पदका लागि चारजनाको उम्मेदवारी

महासंघ, रौतहट अध्यक्ष पदका लागि चारजनाको उम्मेदवारी

सहारा संवाददाता–– रौतहट, २६ मंसिर । नेपाल पत्रकार महासंघ, रौतहटको अध्यक्ष पदका लागि चार जनाले बुधवार उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि मदन ठाकुर (धनन्जय), सञ्जय कुमार कार्की, उत्तम उपाध्याय र रविन्द्र प्रसाद साह गरी चार जनाले मनोनयन दर्ता गराएको महासंघ शाखा रौतहटको निर्वाचन समितिले बुधवार बेलुका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । यस्तै उपाध्यक्ष पदमा क्रमशः पुष्पराज यादव, दिल्ली बहादुर कार्की, प्रविन कुमार शर्मा, रामएकवाल साहगरी चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । महिला सदस्य पदमा विना राउतको एक्लो उम्मेदवारी परेको छ । सो पदमा अन्यले उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ । सचिव पदमा क्रमशः गौतम श्रेष्ठ, राकेश कुमार यादव, संतोष पौडेल, सह सचिव(समावेशीमा) दिनेश यादव, राकेश यादवले मनोनयनपत्र दर्ता गराएका छन । सहसचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव, धर्मेन्द्र साहले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा किशोरी यादव, विकास अग्रवाल र संजय कुमार सहनीले उम्मेदवारी दिएका छन् । महिला सदस्य रूद्र कार्की, दलित सदस्यमा रामप्रवेश बैठा, आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ, मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव, अन्य समावेशी अपांगमा रामपुकार राउतले मनोनयन दर्ता गराएका हुन् । अन्य सदस्य खुल्ला तर्पबाट उमेश यादव, कृष्णा तिवारी, रेशमी पटेलले उम्मेदवार दिएका हुन् । केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता, प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् । महासंघ शाखा रौतहटको निर्वाचन मनोनय दर्ताको लागि बुधवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म समय सिमा तोकिएको थियोे । अपरान्ह ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको थियोे । बुधवार मंसिर २६ गते अपरान्ह ४ बजे देखि विहिबार मंसिर २७ गते बिहान ८ बजेसम्म उम्मेदवार उपरको दाबी विरोधका लागि समयसिमा तोकिएको हो । सोही दिन बिहान ८ः३० बजे उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले जनाएको छ ।
महासंघ शाखा रौतहटको नयाँ कार्यसमिति चयनका लागि २८ मंसिरमा मतदान हुने भएको छ । मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -