सहारा दैनिक

spot_img
Homeसमाचारपत्रकार महासंघ पर्सामा ७८ जनाको उम्मेदवारी दर्ता, अध्यक्षमा अनुप तिवारी र ओमप्रकाश...

पत्रकार महासंघ पर्सामा ७८ जनाको उम्मेदवारी दर्ता, अध्यक्षमा अनुप तिवारी र ओमप्रकाश खनाल लड्दै

राष्ट्रिय सहारा संवादादाता वीरगंज, २६ मंसिर । मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत पर्सा जिल्लामा बुधवार उम्मेदवारी दर्ता भएको छ । महासंघ पर्साको अध्यक्ष पदमा अनुप तिवारी र ओमप्रकाश खनालले वीरगंजस्थित कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यीय महासंघ पर्सा जिल्ला कार्यसमिति, ११ सदस्यीय प्रदेश परिषद र ५ सदस्यीय राष्ट्रिय परिषद सदस्य गरी कुल ३५ सिटको लागि ७८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालले बताएका छन् । नेपाल महासंघ पर्साको अध्यक्ष्Fमा अनुप तिवारी र ओमप्रकाश खनालको उम्मेदवारी परेको छ भने खुलातर्फ उपाध्यक्ष्F पदका लागि तीनजना अलिअसगर देवान, भूषण यादव र जगत राई गरी तीनजनाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष्Fमा नीलीमा पौडेल, कविता खडकाको उम्मदेवारी दर्ता भएको छ भने सचिवमा शेखरबहादुर क्षत्री, मनोज पटेल, सफल खतिवडा, विजय चौहान गरी चारजनाले उम्मदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि अमित अग्रवाल, अजय चौरसिया, उदय दास, इरफान अली, शम्भुकुमार सुमन गरी छजनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले बताए ।
कोषाध्यक्ष्F पदका लागि जियालालप्रसाद साह, धनञ्जय मिश्र, अमितकुमारसाह, सञ्जीवकुमार मिश्र गरी चारजनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । महिला सदस्य, आदिवासी जनजाति र मधेसी सदस्य पदका लागि तीन–तीनजना गरी नौंजनाको उम्मेदवारी परेको छ भने दलित सदस्यमा छेदीलाल (सुभाष) राम निर्विरोध निर्वाचित भएका छन् । समावेशीतर्फ चारजनाको र खुला सदस्यतर्फ २४ जनाको उम्मेदवारी परेको छ । प्रदेश पार्षद् ११ सदस्यीयको लागि सातजनाको उम्मेदवारी परेकोमा सातैजना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय परिषद सदस्य पाँचवटा सिटमा आठजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -