राधेश्याम साह–––––––––––––––
गौर, १९ मंसिर ।
नेपाल पत्रकार महासंघ, रौतहटमा स्थानीय पत्रकारहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
सदस्यता नविकरण र नयाँ सदस्यता थप नगरेको भन्दै प्रेस मन्च नेपालको नेतृत्वमा रहेका पत्रकारहरुले पत्रकार महासंघ रौतहट शाखामा अनिश्चितकालीन तालाबन्दी गरेका हुन ।
नयाँ सदस्यता विवाद टुंगो नलगाई नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको र निर्वाचन तयारी सुरु गरेपछि पत्रकारले आपत्ती जनाउदै तालाबन्दी गरेका हुन ।
क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारीद्वारा अनिश्चितकालका लागि तालाबन्दी गरिएको पत्रकार दिलिप पाण्डेले जानकारी दिएका छन । नयाँ सदस्यता थप नगरेर शाखाका अध्यक्ष र कार्यसमितिले एकलौटी गरेको विरोधमा तालाबन्दी गरिएको पाण्डेले बताए ।
मंसिर २८ गते केन्द्रीय समितीले निर्वाचन गर्ने गरी निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको छ ।
Facebook Comments Box