सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित १४ जनालाई पर्सा जिल्लामा पक्राउ पुर्जी जारी भएको छ ।
सानो पाइला सहकारी संस्थाको बचत अपचलनका विषयमा अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट रास्वपा सभापति लामिछाने सहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत पर्साले बुधवार रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी सहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो ।
अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रिया अनुसार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने प्रनाउ लम्सालले बताउनु भएको छ ।
लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ ।
विभिन्न सहकारी संस्थाबाट गएको रकम गोर्खा मिडिया नेटवर्क मार्फत अपचलन भएको सम्बन्धमा अनुसन्धानका लागी रास्वपा सभापति लामिछानेलाई कास्की प्रहरीले नियन्त्रणमा लिए पछि भैरहवा, काठमाण्डौं र चितवनमा मुद्दा दर्ता भए पछि बयान लिने क्रम जारी रहेकै अवस्थामा अब उनलाई पर्सा जिल्लामा ल्याएर बयान लिइने प्रहरीले जनाएको छ ।
रास्वपा सभापति लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
Facebook Comments Box
सम्बन्धित खबर