सहारा दैनिक

spot_img
Homeदेशमन्दिर खन्ने क्रममा दुईवटा बम फेला पर्‍यो

मन्दिर खन्ने क्रममा दुईवटा बम फेला पर्‍यो

चितवन, १८ मंसिर (रासस)
पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ ।
कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन् । ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उहाँले बताउनुभयो । सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उहाँले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -