spot_img
Homeदेशउच्च स्तरीय नेपाली उत्पादित चुइगम पाखा, विदेशीलाई काखी च्यापेर उपभोक्ता ठग्दै

उच्च स्तरीय नेपाली उत्पादित चुइगम पाखा, विदेशीलाई काखी च्यापेर उपभोक्ता ठग्दै

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ मंसिर ।
संचालकले स्वदेशी उ्रत्पादनलाई प्रोत्साहन एवं प्रथमिक्ता दिइने बताउने गरेको भए पनि भाटभटेनी सुपर मार्केट वीरगंजले भने विदेशी उत्पादनलाई मात्र प्राथमिक्ता दिइएको पाइएको छ ।
भाटभटेनी सुपर मार्केटका संचालक मिन गुरुङले स्वदेशी उत्पादनलाई प्रोत्साहन एवं प्रथमिक्ता दिइने बताउने गरेको भए पनि भाटभटेनी सुपर मार्केट वीरगंजमा विदेशी उत्पादनलाई मात्र प्राथमिक्ता दिइएको पाएको छ ।
पारखीहरुले नेपालमा उत्पादित चुइगम विदेशी भन्दा उत्कृष्ट गुणस्तर र स्वादिष्ट रहेको बताउने गरेका छन । विदेशी भन्दा स्वदेशमा उत्पादित चुइगम झण्डै ८० प्रतिसत कम मुल्य समेत पर्ने गरेको छ ।
तर पनि भाटभटेनी सुपर मार्केटको नेपाली उत्पादनलाई आफ्नो पसलमा प्रतिबन्ध नै गरेका छन । भाटभटेनी सुपर मार्केटको शोकेशमा देखिने गरेको विदेशी उत्पादित विभिन्न ब्राण्डका चुइगमको प्रति १३ ग्रामको मुल्य रु. ४८ र ४९ मा विक्रि वितरण गर्न गरेका छन ।


मुल्य उल्लेख गरेर नै विक्रि वितरण गरिरहेका भाटभटेनी सुपर मार्केटको शोकेशमा नेपालमा उत्पादित चुइगम भने देखिंदैन । नेपालमा उत्पादित “स्प्रीङ” र “सुजलगम” जस्ता उच्च स्तरीय एवं उत्कृष्ट स्वाद भएका अन्य उत्पादनहरु समेत रहेका र विदेशी भन्दा ८० प्रतिसत कम मुल्य अर्थात प्रति १३ ग्रामको रु. १० मात्र पर्ने चुइगमहरुलाई भने भाटभटेनी सुपर मार्केटले आफ्नो पसलमा प्रतिबन्ध नै लगाएको एक व्यवसायीले बताएका छन ।
नेपाली चुइगम उत्पादकहरुले पटक–पटक भाटभटेनी सुपर मार्केटका व्यवस्थापन पक्षलाई नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्दा पनि कुनै किसिमको प्राथमिक्ता नदिएको एक अधिकृत विक्रेताले राष्ट्रिय सहारालाई बताएका छन ।


यसरी विदेशी भन्दा ८० प्रतिसत कम मुल्य तथा उच्च स्तरको उत्कृष्ट स्वाद भएको नेपाली चुइगमलाई पाखा लगाएर भाटभटेनी सुपर मार्टेकले विदेशीको नाममा उपभोक्तालाई समेत ठगी गरिरहेको आम जनताको गुनासो छ ।
राज्यले पनि विभिन्न निति निर्देशनमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने उल्लेख गरे पनि भाटभटेनी सुपर मार्केट जस्ता डिपार्टमेन्टल पसलहरुले सरकारी नितिनिर्देशनलाई धोती लगाउने गरेका पाइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -