सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ मंसिर ।
रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्या काण्डका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
क्याम्पस प्रमुख कुशवाहाको गत जेठ ३२ गते बारा जिल्ला आदर्शकोतवाल गाउपालिका वडा नं.२ खजुरीया भन्ने ठाउामा आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साझाको १७ः१५ बजेको समयमा गोली हानी हत्या भएको थियो ।
सो घट्नाका मुख्य अभियुक्त रहेका नेपाली सेनाका भगोडा आदर्शकोतवाल गा.पा. वडा नं.२ निवासी ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले मोरङ जिल्लाबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मुख्य अभियुक्त नेपाली सेनाका भगौडा हुनुको साथै गाउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका सुरेन्द्र समेत १७ जना मिलेर क्याम्पस प्रमुख कुशवाहाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चांदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन ।
घटनामा प्रयोग भएको हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको भनिएका अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषण प्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी खुलाएका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहा नै भएको प्रहरीले जनाएको छ ।
कहिले भारतको बिभिन्न ठाउमा कहिले नेपालको बिभिन्न ठाउमा लुकिछिपी बस्दै आएका सुरेन्द्रलाई सूचनाका आधारमा मोरङ जिल्लामा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी मंसिर १२ गते बुधवार पक्राउ गरी ल्याएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।
क्याम्पस प्रमुख कुशवाहा हत्याका अभियुक्तहरुलाई ज्यान सम्बन्धि र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको छ ।
तत्कालिन क्याम्पस प्रमुख कुशवाहा हत्याका मुख्य अभियुक्त भुपु सैनिक सुरेन्द्र पक्राउ
Facebook Comments Box