सहारा दैनिक

spot_img
Homeदेशप्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन

प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन

जलेश्वर, ७ मंसिर (रासस)
जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ ।
चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट प्रयोगविहीन छन् ।
चार वर्षअघि कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले रु दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताउनुभयो ।
उहाँले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -