सहारा संवाददाता–––––––––––––––
मलंगवा, २९ कार्तिक ।
सर्लाही जिल्ला बरहथवा नगरपालिका स्थित गंगापुरबाट प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका वडा नं. १६ गंगापुर स्थित नहरको चौबाटोबाट करिब १० किलो प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रण लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले दिएका जानकारी अनुसार बरहथवा न.पा. वडा नं. १६ गंगापुर स्थित नहरको चौबाटोमा मोटरसाईकलमा आएका दुई जनाले प्रहरीलाई देख्ना साथ मोटरसाईकल मोडेर भागेपछि प्रहरीले पिछा गर्दै जाँदा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउपालिका वडा नं. ८ पांचतले बस्ने अन्दाजी वर्ष २९ का वाङ दोर्जे थिङ र सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं. ४ तिनघरे बस्ने अन्दाजी वर्ष ३० का सागर लामालाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुसंगै बागमती प्रदेश ०२ ०२१ प २४४४ नम्बरको मोटरसाईकल सहित करिब १० किलो प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको प्रनाउ श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिवन्धित लागु औषध गाँजा सहित नियन्त्रणमा लिएका दुवै जना र मोटसाईकल ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रका साथै सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको प्रतिवन्धित लागु औषध गााजा सर्लाहीका विभिन्न सडक खण्ड एवं सिमानाकाहरुको प्रयोग गरी तस्करहरुले छिमेकी देश भारत सम्म पुर्याउने गरेको बताइन्छ ।
लागु औषध १० किलो गाँजा सहित दुई पक्राउ
Facebook Comments Box
सम्बन्धित खबर