spot_img
Homeदेशसभापति लामिछानेलाई पुनः म्याद थप गरे अनशनमा बस्ने चेतावनी

सभापति लामिछानेलाई पुनः म्याद थप गरे अनशनमा बस्ने चेतावनी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सभापती रबि लामिछानेलाई पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे अनशनमा बस्ने चेतावनी दिएको छ ।
रास्वपा पर्साले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउदै यस्तो चेतावनी दिएको हो ।
रास्वपाका पर्सा सभापती हरि पन्तको नेतृत्वमा निकालिएको बृहत जुलुसमा सान्केतिक रुपमा रबि लामेछानेलाई निर्दोश हुंदा हुंदै पनि हत्कडी लगाएको प्रतीक बनाएर वीरगंज नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।
उनीहरुले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको फोटोको मुकुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर घण्टाघर चोकमा पुगेर कोणसभा आयोजना गरेको थियो ।
कोण सभामा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादब, प्रदेश सदस्य पुर्षोतम उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सभापति हरि पन्तले सभापती रबि लामिछानेलाई अझ पनि हिरासतमा राखी रहे देश रविमय र रास्वपामय बन्ने दावी गरे ।
कार्यक्रममा पुर्व जिल्ला सभापति दिलिप कुर्मी, जिल्ला उप संयोजक तुलशा अधिकारी, प्रदेश सदस्य सुदिश प्रजापति, सब्बु कंडेल, शिक्षा बिभागका सोनालाल पटेल, पालिका सभापतिहरु माधब बस्नेत, उमेश गुप्ता, प्रदिप पटेल र पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -