spot_img
Homeदेशमधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम–अध्यक्ष यादव

मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम–अध्यक्ष यादव

काठमाडौँ, २६ कात्तिक (रासस)
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट पाउने अधिकार सुनिश्चित नभएसम्म आफूहरुको संघर्ष जारी रहने बताउनुभएको छ ।
जसपा नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढिमाइ नगरपालिका–८ वीरनगरामा आयोजना गरेको जनसभामा बोल्दै उहाँले मधेशी समुदायले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, शासन र प्रशासन, नीति, कानुन बनाउने अधिकारका लागि संघर्ष जारी राखेको उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले मधेसका जनतामाथि राज्यद्वारा सदियौँदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको दाबी गर्नुभयो । देशको आधाभन्दा बढी जनसंख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेस पछाडि परेको उहाँको आरोप थियो ।
उहाँले मधेसमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासकले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचे जस्तो विकास हुन् नसकेको जिकिर गर्नुभयो । उहाँले मधेसको विकासका लागि राज्यले यथोचित लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -